२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

दुई दिनमा सुनको मूल्य २८ सयले घट्यो

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ५ सयमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार सुन तोलामा १ हजार २ सय रुपैयाँले घटेर १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । समग्रमा सुनको भाउ दुई दिनमा २ हजार ८ सय रुपैयाँले घटेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ४५ रुपैयाँले घटेर चाँदी २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Untitled
Untitled
Untitled