२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

साफ यू-२० महिला च्याम्पियनसिप: उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै

Untitled
Untitled
Untitled

काठमाण्डू, बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको उपाधि भिडन्त आज हुँदैछ। अन्तिम तथा निर्णायक खेलमा नेपालले साविक विजेता बंगलादेशको सामना गर्दैछ।

यो खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे बसुन्धरा किङ्स एरेनामा सुरु हुनेछ, जसपश्चात् यस संस्करणको साफ यू-२० च्याम्पियनको टुंगो लाग्नेछ।

हाल अंक तालिकामा बंगलादेश सहज स्थितिमा छ भने नेपाललाई आजको खेल जसरी पनि जित्नुपर्ने दबाब छ।

बंगलादेशले बराबरी मात्र खेले पनि उपाधि जित्न पर्याप्त हुनेछ, तर नेपालका लागि जितको कुनै विकल्प छैन।

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशसँग ३-२ गोलको हार बेहोरेको थियो।

यसकारण, बंगलादेश अपराजित रहँदै उपाधि जित्ने प्रबल दाबेदारको रूपमा उभिएको छ।

अहिले बंगलादेश ५ खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमा छ, जहाँ उसले खेलेका सबै पाँचै खेल जितेको छ।

अर्कोतर्फ, नेपालले ४ जित र १ हारबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ। नेपालले भुटान र श्रीलंकालाई दुई(दुई पटक पराजित गरेको थियो ।

तर, बंगलादेशसँग भने पराजित भएको थियो। अन्तिम खेलअघि नेपालभन्दा बंगलादेशको ३ अंक बढी छ। त्यसैले, अंक बराबरी गर्नका लागि पनि नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनैपर्छ।

यदि नेपालले बंगलादेशलाई हराएमा दुवै टोलीको अंक बराबर हुनेछ र यस्तो अवस्थामा गोल अन्तर उपाधिका लागि निर्णायक हुनेछ।

अहिलेसम्म नेपालले ५ खेलमा कुल ३० गोल गरेको छ भने बंगलादेशले २४ गोल गरेको छ। दुवै टोलीले समान ४-४ गोल व्यहोरेका छन्।

हेड-टु-हेडको कुरा गर्दा, पहिलो खेलमा बंगलादेशले ३-२ ले जितेको हुनाले ऊ हेड-टु-हेडमा पनि एक गोलले अगाडि छ।

 

Untitled
Untitled
Untitled