२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एसीसी पुरुष यू–१६ इस्ट जोन कपमा आज नेपाल र जापानसँग भिड्दै

Untitled
Untitled
Untitled

काठमाण्डू, मलेसियामा जारी एसीसी पुरुष यू–१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा आज (मंगलबार) नेपाली युवा टोलीले जापानसँग प्रतिस्पर्धा गर्दैछ।

मलेसियाको क्लालालाम्पुरस्थित कोलेज टुआङ्कु जाफर ओभल मैदानमा हुने खेल बिहान पौने ८ बजे सुरु हुनेछ।

पहिलो खेलमा सिगांपुरलाई ६ विकेटले पराजित गरेको नेपाली युवा टोली लगातार दोस्रो जीत निकाल्ने योजनामा छ।

उता जापान पनि तीन पटकको च्याम्पियन टोली नेपाललाई पराजित गर्न चाहन्छ। जापानले पहिलो खेलमा भुटानमाथि २ सय १५ रनको फराकिलो जीत हात पारेको थियो।

समूह चरणमा पहिलो जीत निकालेका जापान र नेपाल शीर्ष र दोस्रो स्थानमा छन्।

समान ३ अंक भएपनि जापान नेट रनरेटमा अघि रहँदै शीर्ष स्थानमा रहेको हो। पहिलो खेलमा हार भोगेका सिंगापुर र भुटान तेस्रो र चौथो स्थानमा छन्।

समूह ‘ए’ मै रहेको इन्डोनेसिया भने आज सिंगापुरविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ।

इन्डोनेसिया प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ। यता सिंगापुर दोस्रो खेलमा पहिलो जितको स्वाद लिन आतुर छ।

प्रतियोगितामा सहभागी नेपालसहित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा नेपालसँगै सिंगापुर, इन्डोनेसिया, भुटान र जापान रहेका छन्।

समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, मालदिभ्स, थाइल्याण्ड र म्यानमार छन्।

प्रतियोगिताको तेस्रो खेलमा नेपालले आगामी आइतबार इन्डोनेसियाविरुद्ध खेल्ने तालिका छ।

समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध १ जुलाइमा खेल्ने तालिका छ। समूह को शीर्ष र दोस्रो स्थानमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

Untitled
Untitled
Untitled