२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

युवा साहित्यकार स्पन्दन विनोदका दुई शोक काव्य विमोचन

Untitled
Untitled
Untitled

आयरल्याण्ड: युवा साहित्यकार स्पन्दन विनोदका हालै प्रकाशित दुई शोक काव्य अविरल र भुवनेश्वरीको आयरल्याण्डमा विमोचन गरिएको छ ।

गैर आवासीय नेपाली संघ आयरल्याण्ड र बाग्लुङ समाज आयरल्याण्डको संयुक्त आयोजनामा सम्पन्न चैते दशैँ तथा नव वर्ष २०८२ शुभकामना तथा साङ्गितिक साँझमा शब्दार्थ प्रकाशनले २०८१ मा प्रकाशन गरेको उक्त कृतिको पहिलो औपचारिक तथा प्रवास विमोचन भएको हो ।

कार्यक्रममा आयोजकका तर्फबाट गैर आवासीय नेपाली संघ आयरल्याण्डका अध्यक्ष प्रकाश सापकोटा तथा बाग्लुङ समाज आयरल्याण्डका अध्यक्ष रामकृष्ण सापकोटा, पर्यटनदूत वसन्त न्यौपाने, पूर्व एनआरएनए पदाधिकारी शुक्रराज न्यौपाने, गणेश प्रसाई, नवराज कोइराला, राजन काफ्ले, मिलन छन्त्याल, विनोद कार्की, आइसिसी सदस्य पदमविक्रम खाड, एनआरएनए युकेका उपाध्यक्ष लिला निउरे आदिको हातबाट विमोचन गरिएको हो ।

कार्यक्रममा कर्क समाजका अध्यक्ष लोकेश धामी, जनजाति सङ्घका अध्यक्ष ज्ञानसिंह पुन, लिम्बरिक समाजका अध्यक्ष बुद्ध लामा, चितवन समाजका अध्यक्ष डोलनाथ उप्रेती, काठमाडौँ इन्टरटेन्मेन्टका उज्ज्वल खड्का, तामाङ परिवार, झापाली समाज तथा विभिन्न संघ–संस्थाको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालदेखि आमन्त्रित कलाकार दुर्गेश थापा र शान्तिश्री परियारले स्टेज परफर्मेन्स गरेका थिए भने स– साना भाई बहिनीहरुले विविध नृत्य पनि प्रस्तुत गरि सम्मानित भएका थिए । डब्लिनको होटल रेडिसनमा कार्यक्रम भएको थियो ।

Untitled
Untitled
Untitled