२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

शिक्षकहरुको जायज माग तत्काल सम्वोधन गर्न विवेकशील साझाको माग

Untitled
Untitled
Untitled

काठमाण्डू,  दुई साता देखि नेपाल शिक्षक महासंघले गरेको आन्दोलनप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीवार प्रेस विज्ञेप्ती जारी गर्दै लाखौं विद्यार्थीको भविष्यप्रति संवेदनशील भएर काममा फर्कन शिक्षकहरुसॅंग आग्रह गरेको छ ।

प्रवक्ता आशुतोष प्रधानले जारी गरेको विज्ञेप्तीमा भनिएको छ, कक्षाकोठामा हुनुपर्ने शिक्षकहरू पटक पटक सडकमा आएर आफ्नो माग राख्नुपर्ने अवस्था बनिनुहॅुदैन।

अघिल्लो पटक पनि शिक्षक आन्दोलन थामथुम पार्न नेपाल सरकारले गरेको सहमति र शिक्षा ऐन जारी गर्न गरेको ढिलाई प्रति विवेकशील साझा पार्टी खेद व्यक्त गर्दछ।

पटकपटक भएका र अब गरिने सम्झौता तुरून्तै कार्यान्वयनमा गर्न, तथा शैक्षिक संस्थाहरू बन्द गरी शिक्षकहरूलाई पुनः आन्दोलनमा उत्रन बाध्य बनाउने अवस्था अन्त्य गर्न र लामो समय देखि संसदमा रहेको शिक्षा विधेयक पास गर्न विवेकशील साझा पार्टी सरकारसँग माग गर्दछ, विज्ञेप्तीमा भनिएको छ ।

साथै, नयाँ विद्यार्थी भर्ना, एसईईको रिजल्ट तालिका र कक्षा १२ को बोर्ड परीक्षालाई मध्यजनर गर्दै तथा लाखौं विद्यार्थीको भविष्यप्रति संवेदनशील भई वार्ताबाटै समस्या समाधान तर्फ केन्द्रित हुन आन्दोलनरत शिक्षकहरुसॅंग विवेकशील साझा पार्टी अनुरोध गर्दछ।

विवेकशील साझा पार्टीले आफ्नो स्थापना कालवाटै दलै पिच्छेका शिक्षकहरुको भातृसंस्था गठनको विपक्षमा रहेको स्मरणसमेत गराएको छ ।

 

Untitled
Untitled
Untitled