२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

‘सक्षम सांसद, सशक्त संसद्’ नारासहित रास्वपाको दुईदिने प्रशिक्षण कार्यक्रम

Untitled
Untitled
Untitled

काठमाण्डू, ‘सक्षम सांसद, सशक्त संसद्’ भन्ने मूल नारासहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूका लागि संसदीय अभ्यास तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।

ललितपुरको जावलाखेल मा शनिबार दिउँसो ११ः४५ बजेदेखि सञ्चालन भएको प्रशिक्षणमा पार्टीका सांसद तथा शीर्ष नेताहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा अर्थमन्त्री तथा पार्टीका उपसभापति स्वर्णीम वाग्ले, महामन्त्रीद्वय कबिन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिन आचार्य लगायत पार्टी पदाधिकारी र सांसदहरू सहभागी भएका छन् ।

रास्वपाका अनुसार प्रशिक्षण कार्यक्रम आइतबारसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा संसदीय अभ्यास, नीति निर्माण, नेतृत्व क्षमता विकास तथा प्रभावकारी जनप्रतिनिधित्वका विषयमा छलफल र अभिमुखीकरण गरिने जनाइएको छ ।

Untitled
Untitled
Untitled