२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

डोजर अभियानविरुद्ध श्रम संस्कृति पार्टीको माइतीघरमा प्रदर्शन, सुकुम्वासी विस्थापन रोक्न माग

Untitled
Untitled
Untitled

काठमाण्डौं । सुकुम्वासी बस्ती हटाउन सरकारले डोजर अभियानलाई तीव्रता दिएपछि श्रम संस्कृति पार्टीले त्यसको विरोधमा सडक आन्दोलन शुरु गरेको छ ।

सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको पक्षमा राजनीतिक दलहरू खासै सक्रिय नदेखिएको अवस्थामा पार्टीले शनिबार काठमाडौँमा प्रदर्शन आयोजना गरेको हो ।

‘यो देश गरिबको पनि हो’ भन्ने मूल नारासहित श्रम संस्कृति पार्टी बागमती प्रदेशले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै सरकारले सुकुम्वासीमाथि दमनात्मक नीति लागू गरेको आरोप लगाएको छ ।

प्रदर्शनमा सहभागीहरूले डोजर प्रयोग गरेर बस्ती हटाउने कार्य रोक्न, वैकल्पिक व्यवस्थापन गर्न तथा पुनःस्थापनाको सुनिश्चितता गर्न माग गरेका थिए ।

प्रदर्शनका क्रममा “डोजर आतंक बन्द गर”, “विस्थापन होइन, व्यवस्थापन गर”, “भूमिहीनलाई भूमि दे”, “पुनःस्थापनाविना विस्थापन स्वीकार्य छैन” र “गास, बास, कपास हाम्रो अधिकार हो” लगायतका नाराहरू घन्किएका थिए ।

प्रदर्शनकारीहरूले सुकुम्वासी समस्या समाधानका लागि बल प्रयोगभन्दा संवाद, समन्वय र दीर्घकालीन नीति आवश्यक रहेको धारणा राखेका छन् ।

Untitled
Untitled
Untitled