२०८३ जेठ ३० शनिवार | Saturday, Jun 13 2026

परराष्ट्र मन्त्रालयमा जर्मनीका विशेष दूत ब्रोज र परराष्ट्रमन्त्री खनालबीच भेट, द्विपक्षीय सम्बन्धमा छलफल

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाल–जर्मनी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित जर्मनीका विशेष दूत एक्केहार्ड ब्रोजले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् ।

मंगलबार परराष्ट्र मन्त्रालयमा भएको उक्त भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी सहयोग विस्तार तथा आगामी सहकार्यका सम्भावनाबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा विशेष दूत ब्रोजसँगै नेपालका लागि जर्मनीका राजदूत युडो भुजेन भोल्ज र जर्मनी संघीय विदेश मन्त्रालयको भारत तथा दक्षिण एसिया महाशाखाका नवनियुक्त प्रमुख स्टेफेन नोर्बर्ट कोखको समेत उपस्थिति रहेको थियो ।

कूटनीतिक क्षेत्रमा पछिल्ला महिनाहरूमा विभिन्न देशका उच्चस्तरीय प्रतिनिधिहरूको नेपाल भ्रमण बढ्दै गएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले पनि नेपाल भ्रमण गर्दै परराष्ट्रमन्त्री खनालसहित उच्च सरकारी अधिकारीसँग भेटवार्ता गरेका थिए ।

उक्त भ्रमणमा उनले विभिन्न तहका राजनीतिक र कूटनीतिक संवाद गरे पनि प्रधानमन्त्री बालेन्द्र शाहसँग भने औपचारिक भेट हुन नसकेको उल्लेख गरिएको छ ।

Untitled
Untitled
Untitled