२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

योजना आयोगको उपाध्यक्षमा डा.भट्ट र राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

Untitled
Untitled
Untitled

काठमाण्डू, अन्तिम समयमा नेपाल राष्ट्र बैंकको गभर्नर नबनाइएका डा. गुणाकर भट्टलाई बालेन्द्र शाह नेतृत्वको सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा अगाडि भए पनि अन्तिम समयमा षड्यन्त्रको कोपभाजनमा परी लखेटिएका डा। भट्टलाई योजना आयोगको उपाध्यक्ष बनाउने निर्णय गरेको हो ।

उनले केपी ओली नेृतत्वको सरकारको पालामा तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवाको जोडबलमा राष्ट्र बैंकको गभर्नर बनाउने प्रयास भएको थियो ।

गभर्नरकै लागि कार्यकारी निर्देशक पदबाट राजीनामा दिए पनि अन्तिममा उनीमाथि धोका भएको थियो । उनलाई पन्छाएर डा. विश्वनाथ पौडेल गभर्नर बनेका थिए ।

यसै गरी, नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्को रिक्त डेपुटी गभर्नरमा भने अहिले नियुक्ति गरिएको छैन ।

Untitled
Untitled
Untitled