२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

ओली र लेखकको स्वास्थ्य परीक्षण हुँदै, आजै हिरासतमा राख्ने तयारी

Untitled
Untitled
Untitled

काठमाण्डू, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको स्वास्थ्य परीक्षण प्रक्रिया अघि बढाएको छ ।

भक्तपुरको गुण्डुस्थित ओली निवास र कटुन्जेस्थित लेखक निवासबाट आज बिहान प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । दुवै जनालाई हाल जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा राखिएको छ ।

प्रहरीका अनुसार स्वास्थ्य परीक्षण नियमित प्रक्रिया अन्तर्गत गरिँदैछ । परीक्षणपछि अवस्था सामान्य देखिएमा दुवै जनालाई आजै हिरासतमा राख्ने तयारी गरिएको छ ।

Untitled
Untitled
Untitled