२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

दोलखा लाप्चामा सम्पर्कविहीन हेलिकप्टर क्याप्टेन थापाको कमान्डमा

Untitled
Untitled
Untitled

काठमाण्डू, शुक्रबार मध्याह्नदेखि दोलखाको लाप्चा क्षेत्रमा सम्पर्कविहीन मुस्ताङ एयरको हेलिकप्टर क्याप्टेन सुरज थापाको कमान्डमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

दोलखाको लाप्चा क्षेत्र लाङटाङको दक्षिण-पूर्वमा पर्छ । लाप्चा आइपुगेपछि हेलिकप्टर सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ ।

क्याप्टेन थापाले उडाएको मुस्ताङ एयरको दर्ता नम्बर ‘९ एन-एएनओ’ हेलिकप्टरमा चार यात्रु सवार छन् ।

लाप्चा आइपुगेपछि हेलिकप्टर सम्पर्कविहीन भएको प्राधिकरणका एक अधिकारीले बताए ।

‘पछिल्लो सूचना अनुसार खराब मौसम कारण हेलिकप्टर लाप्चा क्षेत्रमा कतै अवतरण गरेको छ,’ त्रिभुवन विमानस्थलका एक अधिकारीले भने, ‘तर, यो सूचना पुष्टि हुन बाँकी छ ।’

मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले हेलिकप्टरमा पाइलट सहित पाँच जना सवार रहेको बताए ।

दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाका अनुसार हेलिकप्टर कहाँ पुगेको भन्ने केही खुलेको छैन ।

‘घटनास्थल आसपास क्षेत्रमा लगातार वर्षा भएकोले खराब मौसमका कारण हेलिकोप्टरको लोकेसन पत्ता लगाउन कठिन भइरहेको जनाइएको छ’ उनले भने ।

Untitled
Untitled
Untitled