२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कांग्रेस बैठक : क–कसले राखे धारणा ? आइतबार पुनः बस्ने

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रवारबाट शुरु भएको छ ।

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा फागुन २१ को निर्वाचनको समीक्षा र सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस भएको छ ।

उपसभापति शर्मा दुवै प्रस्ताव पेस गरेपछि बैठकमा नेताहरुले आ–आफ्नो धारणा राखेका छन् ।

पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले सभापति थापाको राजीनामा स्वीकार गर्न नहुने प्रस्ताव राखेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

आजको बैठकमा सहमहामन्त्री फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्यहरु अर्जुनप्रसाद जोशी, भरतकुमार शाह, धना खतिवडा, सुधीरकुमार शिवाकोटी, सुवासकुमार पोखरेल, कमलप्रसाद भुषाल, जीतनारायण श्रेष्ठ, रमेशप्रसाद धमला, लीलादेवी बोखिम लिम्बू, भरतबहादुर खड्का, जनकराज गिरी, देवप्रसाद तिमिल्सिना, शम्भुबहादुर बुढाथोकी, टेकराज पौडेल, केशवराज शर्मा आचार्य, नारायणप्रसाद भट्टराई, डा। अमिता प्रधान, उमा शिवाकोटी, इन्दीरा कार्की, विश्वनाथ रिजाल, सुनिलकुमार यादवले आ–आफ्नो धारणा राखे ।

साथै प्रदेश सभापतिहरु उद्धब थापा (कोशी), अमरसिंह पुन (लुम्बिनी) ले समेत आफ्नो धारणा राखेका छन् ।

कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बिहान साढे ८ बजे पुनः बस्ने बताइएको छ ।

उक्त बैठकमा सभापति गगनकुमार थापा समेत आउनसक्ने प्रवक्ता चालिसेले संकेत गरेका छन् ।

Untitled
Untitled
Untitled