२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

चुनाव चिह्न भौतिक रुपमा बोकेर प्रचार गर्न नपाउने, रास्वपालाई घण्टी बजाउन रोक !

Untitled
Untitled
Untitled

काठमाण्डू, निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि चुनाव चिह्नको भौतिक स्वरुप प्रयोग नगर्न निर्देशन दिएको छ ।

कतिपय राजनीतिक दलहरुले चुनाव चिह्नलाई नै भौतिक रुपमा प्रयोग बोकी प्रचार गरिरहेको भन्दै आयोगले त्यसो नगर्न भनेको हो ।

कतिपय दलले चुनाव चिह्नलाई भौतिक रुपमा प्रयोग गरी समुदायस्तरको शान्तिमा खलल पुगेको भन्दै गुनासोपछि आयोगले सो नगर्न भनेको हो ।

काठमाडौँ । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा चुनाव चिह्नको भौतिक स्वरुप प्रयोग गर्न रोक लगाएको छ ।

आयोगका प्रवक्ता नारायण भट्टराईले प्रेस विज्ञप्तिमार्फत भौतिक स्वरूपको चुनाव चिह्न प्रयोग गरेको उजुरीका आधारमा सुरक्षा जोखिम रहेकाले प्रयोग नगर्न भनेको हो ।

विशेषगरी रास्वपाले चुनाव चिन्ह् घण्टी भौतिकरुपमा प्रयोग गर्दै आएको थियो । आयोगको निर्देशनअनुसार अब रास्वपाले घण्टी बोकेर चुनाव प्रचारप्रसारमा जान पाउँदैन ।

‘प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने राजनीतिक दल वा उम्मेदवारले आम जनमानसको सुरक्षामा असर पर्ने किसिमबाट भौतिक स्वरुपका कुनै धातु, काठ वा अन्य त्यस्तै प्रकृतिका सामग्रीबाट बनेका निर्वाचन चिह्न प्रयोग गरी निर्वाचन प्रचारप्रसार नगर्न तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को खण्ड (ड) मा तोकिएबमोजिमको मापदण्डबमोजिम दलको झण्डा र चुनाव चिह्नको माध्ययबाट मात्र निर्वाचन प्रचारप्रसार गर्न गराउन र सोको विपरीत गरेको देखिएमा आचारसंहिता प्रतिकूल हुने व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ ।

खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनाव चिह्न घण्टी बोकेर प्रचारप्रसार गरेको र धेरै स्थानमा सबै नेता कार्यकर्ताहरुले घण्टी बजाएर प्रचार गरेको भन्दै आयोगमा उजुरी समेत परेको थियो ।

आयोगको निर्देशन अनुसार घण्टी चुनाव चिह्न भएको रास्वपाले घण्टी, राप्रपाले हलो, कांग्रेसले रुख, नेमकिपाले मादल, जसपा नेपालले छाता लगायतका सामग्री बोकेर प्रचार गर्न नपाउने भएका हुन् ।

Untitled
Untitled
Untitled