२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

काठमाडौंबाट ओखलढुंगाको रगनी जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खस्यो, विस्तृत विवरण आउन काँकी, प्रहरी घटनास्थलतर्फ जाँदै

Untitled
Untitled
Untitled

काठमाण्डू, काठमाडौंबाट ओखलढुंगाको रगनीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मन्थली नगरपालिका–६ क्षेत्रमा तामाकोशी नदीमा खसेको छ।

दुर्घटनामा ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ। दुर्घटनापछि केही शवहरू तामाकोशी नदीमा तैरिँदै बगिरहेको देखिएको छ।

उनका अनुसार स्थानीयवासी र सुरक्षाकर्मीहरू तत्काल उद्धार कार्यमा खटिएका छन्।

दुर्घटना भएको बसको नम्बर, यात्रु संख्या तथा अन्य विस्तृत विवरण हालसम्म खुलेको छैन। घटनास्थल दुर्गम भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको जनाइएको छ।

रामेछापका प्रहरी नायब उपरीक्षक (डीएसपी) ले हाल उद्धार तथा खोजी कार्य जारी रहेको जानकारी दिएका छन्।

थप विवरण संकलनको क्रममा रहेको प्रहरीले जनाएको छ।

Untitled
Untitled
Untitled