२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कांग्रेस सभापति देउवाले छलफलका लागि बोलाए आफू निकटलाई निवासमा

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवास महाराजगञ्जमा बोलाएका छन् ।

काठमाडौँको भृकुटीमण्डप विशेष महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवासमा बोलाएको उनीनिकट एक नेताले जानकारी दिए ।

‘सभापतिले निकटका केही नेतालाई निवासमा बोलाउनु भएको छ,’ती नेताले भने, ‘पार्टीको पछिल्लो गतिविधिबारे छलफल गर्ने भनेर खबर आएको छ ।’

कार्यवाहक सभापति पूर्णबहादुर अड्का र केन्द्रीय सदस्य रमेश लेखक भने केही समयअघि नै देउवा निवास पुगेका थिए ।

देउवा र दुई नेताबीच छलफल जारी रहँदा अन्य नेताहरूलाई पनि बोलाइएको हो ।

Untitled
Untitled
Untitled