२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कांग्रेस विशेष महाधिवेशनमा ४९ प्रतिशत प्रतिनिधिले गरे नाम दर्ता

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट शुरु भएको थियो ।

अहिलेसम्म कुल ४ हजार ७ सय ४३ जनामध्ये ४९.३४ प्रतिशत अर्थात् २,३४० प्रतिनिधिले आफ्नो नाम दर्ता गराइसकेका छन् ।

सातै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क स्थापना गरेर दर्ता प्रक्रिया सञ्चालन गरिएको छ ।

सहभागी प्रतिनिधिहरूले परिचय खुल्ने कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क १ हजार रुपैयाँ साथमा ल्याउन अनुरोध गरिएको छ।

गत असोज २९ गते ५४.५८ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए ।

कांग्रेस विधानको धारा १७९ अनुसार, कम्तीमा ४० प्रतिशत प्रतिनिधिले माग गरेभित्र तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्न सकिन्छ ।

महाधिवेशन संस्थापनको बेवास्ता र विधानको धारा टेकेर कांग्रेसको पुनर्जागरणको उद्देश्यसहित महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुई दिने कार्यक्रमको रूपमा आयोजना गरिएको छ ।

Untitled
Untitled
Untitled