२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी नरहेको पक्षधर महाधिवेशन प्रतिनिधिको ठहर

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरका महाधिवेशन प्रतिनिधिले अब विशेष महाधिवेशनको विकल्प बाँकी नरहेको जनाएका छन्।

उनीहरूले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी विशेष महाधिवेशन छनोटको विषय नभएको जिकिर गरेका छन्।

उनीहरूले भनेका छन्, ‘अब स्पष्ट छ- नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहके अन्य कुनै विकल्प बाँकी रहेन।’

यो महाधिवेशन प्रतिनिधिको अधिकारको भएको जनाएका छन्। ‘

विशेष महाधिवेशन, महाधिवेशन प्रतिनिधिको विशेष वैचारिक अधिकार हो, यो कसैको छनोटको विषय होइन, रहेन,’ उनीहरूले प्रश्न गरेका छन्,

‘नेपाली कांग्रेसजस्तो लोकतान्त्रिका पार्टीले आफ्नो विधानको वाध्यकारी व्यवस्थ नमान्ने हो भने संविधान, विधिको शासनको वकालत गर्दै नागरिकमा जाने नैतिक धरातल कसरी रहन्छ ?’

उनीहरूले पुस २८ गतेभित्र विशेष महाधिवेशन बोलाउन माग गरेका छन्। उनीहरूले भनेका छन्, ‘हामीलाई विश्वास छ- पुष २७-२८ मा विशेष महाधिवेशन गर्ने जिम्मेवारी केन्द्रले पूरा गर्नेछ।’

Untitled
Untitled
Untitled