२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

हायु हत्या प्रकरणमा अर्का युवकको पनि शव फेला, दुई जना पक्राउ

Untitled
Untitled
Untitled

काठमाण्डू, केशवराज हायु (२५) को हत्या प्रकरणसँग सम्बन्धित अर्का युवकको पनि शव फेला परेको छ।

सोमबार बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ स्थित लाकुरी भञ्ज्याङ क्षेत्रमा २१ वर्षीय पारुहाङ राईको शव फेला परेको प्रहरी परिसर ललितपुरका प्रहरी प्रवक्ता चक्रराज जोशीले जानकारी दिए।

उनकाअनुसार राईको घर भोजपुर अरुण गाउँपालिका–३ मा हो। उनी ललितपुरको लुभु बस्दै आएका थिए।

६ दिनअघि मंसिर २ गते हत्या गरी बोरामा प्याक गरेर इनारमा फालेको अवस्थामा सिन्धुली गोलन्जोरका गाउँपालिका–३ का हायुको शव फेला परेको थियो।

उनको हत्यामा संलग्न दुई जना पक्राउ परेपछि राईको हत्या भएको खुलेको थियो। हत्या आरोपमा गएराति देवराज ढुंगेल ९हायुका ज्वाइँ०र जयराम अधिकारी पक्राउ परेका छन्।

पक्राउ परेका उनीहरूले राईको हत्या गरी जंगलमा फालेको बताएका थिए। त्यसपछि प्रहरी राईको खोजीका लागि खटिएको थियो।

उनको शरीरमा पनि चोट देखिएको छ। ‘प्रहरी अनुसन्धानमा पक्राउ परेकाहरूले राईको हत्याबारे बताएपछि हामीले खोजी गर्दा राईको शव पनि फेला पारेका हौँ’, प्रहरी प्रवक्ता एसपी जोशीले भने।

प्रहरी अनुसन्धानमा मृतक दुवै जना विदेशमा जाने तयारीमा रहेको खुलेको छ। उनीहरू दुवै जना ललितपुरको लुभुस्थित एक कृषि फार्ममा काम गर्दै आइरहेका थिए।

उनीहरूको हत्या हुनुको कारणबारे प्रहरीले खुलाएको छैन।

Untitled
Untitled
Untitled