२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

काठमाडौंमा नेकपाको एकता सन्देश सभा, भृकुटीमण्डपमा ५० हजार सहभागीको अपेक्षा

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आज शनिबार काठमाडौंमा ‘एकताको सन्देश सभा’ आयोजना गर्दैछ ।

भृकुटीमण्डपमा हुने सभामा करिब ५० हजार जनाको सहभागिता रहने नेकपाले जनाएको छ ।

बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा सभा हुन लागेको हो ।

पार्टीका अनुसार सहभागीहरू बिहान ११ः३० बजे सुन्धारा, नयाँ सडक चोक र शान्ति बाटिकामा भेला भई दिउँसो सवा १२ बजेबाट जुलुससहित भृकुटीमण्डपतर्फ प्रस्थान गर्नेछन् ।

पार्टीका शीर्ष नेताहरू भने जुलुसमा सहभागी नहुने र सिधै मञ्चमा प्रवेश गर्ने बताइएको छ ।

सभालाई संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावललगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

गत कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित १२ वटा वामपन्थी घटक एक भएर नेकपा गठन भएपछि पार्टीले देशभर एकताको सन्देश सभा गर्दै आएको छ ।

मंसिर १२ गतेदेखि विभिन्न प्रदेशमा शुरु भएको यो अभियानअन्तर्गत मंसिर २३ गते हेटौँडामा गर्ने तय भएको सभा त्यहाँ घरटहरा विस्तारको चरण रहेकाले स्थगित भई काठमाडौंमै आयोजना गरिएको हो ।

Untitled
Untitled
Untitled