२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सिन्धुलीको तीनपाटनका सामुदायिक बिद्यालयका वालवालिकालाई समाजसेवी सापकोटाको न्यानो कपडा

Untitled
Untitled
Untitled

काठमाण्डू, सिन्धुलीको तीनपाटन गाउँपालिकामा रहेको श्री राज्य लक्ष्मी पब्लिक स्कूल र कमानेश्वरी आधारभूत बिद्यालय लङ्गुर दोभानका बिपन्न र दलित वालवालिकाका मातृभूमि फाउण्डेशनले न्यानो कपडा र स्टेशनरी सामान वितरण गरेको छ ।

फाउण्डेशनका अध्यक्ष समाजसेवी धर्मेन्द्र सापकोटाले न्यानो कपडा र स्टेशनरी बितरण गरेका हुन् । श्री राज्यलक्ष्मी पब्लिक स्कूलका ४१ जना र कमानेश्वरीका करिव २५ जना विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी बितरण गरिएको हो ।

श्री राज्यलक्ष्मी पब्लिक स्कूलकी शिक्षिका उर्मिला काफ्लेको समन्वयमा ती सामाग्री वितरण गरिएको हो ।

फाउण्डेशनले चितवनका दलित र चेपाङबस्तिका वालवालिकालाई मात्र न्यानो कपडा र स्टेशनरी सामाग्री बितरण गर्दै आएको भएपनि दायरा बढाएर सिन्धुलीको तीनपाटनमा पनि वितरण गरिएको समाजसेवी सापकोटाले जानकारी दिए ।

स्टेशनरी र न्यानो कपडा गाडीमा नै बोकेर हिंडने सापकोटा बाटोमा कोही अशक्त र गरिव देखे तत्कालै भएर उपलब्ध भएको सामाग्री वितरण गर्दै आएका छन् ।

 

Untitled
Untitled
Untitled