२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

संविधान र मुलुकलाई जोगाउने निर्वाचनले मात्रै हो, सहभागी हुन आतुर छौं : डा. कोइराला

Untitled
Untitled
Untitled

मोरङ, नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले फागुन २१ गते हुने तय भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनैपर्ने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र मोरङ- ६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका- ४ का स्थानी नेताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै डा. कोइरालाले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताएका हुन् ।

‘संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो’,डा. कोइरालाले भने, हामी त निर्वाचनको मिति कुरेर बसेका छौं ।

तर, सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ ।’ सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको डा. कोइरालाको भनाई थियो ।

‘दलका केही नेतालाई काठमाडौँ बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ?’ डा. कोइरालाले प्रश्न गरे ।

साथै, डा. कोइरालाले निर्वाचनका लागि जुट्न पार्टी पङ्तीलाई पनि निर्देशन दिए ।

Untitled
Untitled
Untitled