२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

रास्वपा लामिछाने आज छुट्ने, छुट पुर्जी लिन रुपन्देही जाँदै

Untitled
Untitled
Untitled
काठमाण्डू, धरौटीमा छुट्न उच्च अदालत तुलसीपुरको इजलासद्वारा आदेश पाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रुपन्देही जाँदैछन्। बुटवलको सुप्रिम सहकारी ठगी‍ प्रकरणमा पक्राउ परेका रविलाई बिहीबार न्यायाधीश वासुदेव आचार्य र तेज नारायण पौडेलको इजलासले बैंक जमानत लिएर रिहा गर्न आदेश दिएको हो। हिजो नै छुट्ने भनिएपनि छुट पुर्जी नभएकोले रवि आज छुट्दैछन्। यसका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमार्फत भैरहवा हुँदै उनी आज छुट पुर्जी लिन रुपन्देही जान लागेका हुन्। रुपन्देही जिल्ला अदालतमा उनले कानूनी प्रक्रिया पूरा गर्नुपर्नेछ। सबै प्रक्रिया पूरा गरिसकेपछि रवि आज थुनामुक्त हुने उनी निकट स्रोतले जानकारी दिएको छ। रविले रिहा आदेशपाएपछि उनका समर्थकहरू बिहीबार पन्चेबाजासहित नख्खु कारागारमा पुगेका थिए।
Untitled
Untitled
Untitled