२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

भारतीय प्रधान न्यायाधीशको शपथमा हुल बाँधेर जाँदै नेपालका मन्त्री, प्रधान न्यायाधीश र न्यायाधीशहरू

Untitled
Untitled
Untitled

काठमाण्डू, नवनियुक्त भारतीय प्रधानन्यायाधीश सूर्य कान्तको शपथ ग्रहण समारोहमा नेपालबाट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा कानूनमन्त्री अनिलकुमार सिन्हा जाने भएका छन्।

सर्वोच्च अदालतबाट प्रधानन्यायाधीश राउत, वरिष्ठतम न्यायाधीश मल्ल र मुख्य रजिष्ट्रार विमल पौडेलको टोली भारतीय प्रधान न्यायाधीश सूर्य कान्तको शपथ ग्रहण समारोहमा जाने भएको हो।

त्यस्तै, कानूनमन्त्री सिन्हालाई पनि उक्त कार्यक्रममा सहभागी हुन मन्त्रिपरिषद्को बिहीबारको बैठकले स्वीकृति दिइसकेको छ।

भारतीय प्रधान न्यायाधीश सूर्य कान्तको शपथ सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबाट हुँदै छ।

प्रधानन्यायाधीश राउत हालै बंगलादेश भ्रमणबाट फर्केका हुन् भने यसअघि भारतीय प्रधान न्यायाधीशको शपथ ग्रहणमा नेपालबाट सहभागी हुने प्रचलन थिएन।

प्रधानन्यायाधीश राउत र वरिष्ठतम न्यायाधीश मल्ल दुवै भारत गएपछि सर्वोच्च अदालत केही दिनका लागि नेतृत्वविहीन हुनेछ।

 

Untitled
Untitled
Untitled