२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

क्यानले सन्दीपलाई सोध्यो- स्टाटसको मर्म के हो ?

Untitled
Untitled
Untitled

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई स्पष्टीकरण साेधेकाे छ । आज आइतबार सन्दीपले शनिबार मध्यरातमा राखेको स्टाटसलाई लिएर क्यानले स्पष्टीकरण साेधेकाे हाे ।

सन्दीपले शनिबार मध्यरातमा राखेको स्टाटसले भने समर्थकसँगै सबैले उनले सन्न्यास लिन लागेकात हैनन् भनेर संसय पैदा गरेको छ।

उनले सामाजिक सञ्जाल फेसबुकमा सबैलाई धन्यवाद दिँदै निरन्तर साथका लागि आभारी रहेको अभिव्यक्ति दिए।

उनले भने ‘तपाँइ सबैलाई यि सबै कुराका लागि धन्यवाद !’ उनले अगाडी लेखे ‘यो सुन्दर राष्ट्रका अद्भुत जनताले सधैं मेरो साथ दिनुभएको छ।

मेरो यात्राका प्रत्येक कदममा अडिग समर्थन प्रदान गर्नुभएको छ। तपाईंहरूको माया र उत्साहले मेरो जीवनलाई अर्थ दिएको छ र सधैं मेरो हृदयमा विशेष स्थान राख्ने छ।

तपाँइहरुको साथ र सहयोगलाई शब्दमा व्यक्त गर्न सक्दिनँ।’ उनको यो स्टाटसपछि धेरैले सन्दीपले क्रिकेट छोड्न लागेको आँकलन गरेका छन्।

धेरैले सामाजिक सञ्जालमा कतै सन्दीप नेपाल छाडेर अन्य कुनै देशको प्रतिनिधित्व गर्नका लागि विदेशीने तयारीमा त छैनन् भनेर आशंका समेत ब्यक्त गरेका छन्।

जय ट्रफिका दौरान समर्थकसँग जुधेको ‘क्लिपहरु’ भाइरल भएका थिए भने सोही प्रतियोगिताका दौरान उनले नेपाली रेफ्रिमाथि सामाजिक सञ्जालबाटै असन्तुष्टि पोखेका थिए।

राष्ट्रिय खेलाडीले सार्वजनिक प्लेटफर्मममा नै यसरी असन्तुष्टि पोख्नु अनुशासनविपरीतको क्रियाकलाप भएको र यसले अन्तर्राष्ट्रिय समूदायमा समेत नकारात्मक सन्देश जाने भन्दै क्यानले गम्भीर रूपमा लिएकाे बताइएकाे छ ।

यस विषयमा क्यानको टेक्निकल कमिटीले सन्दीपसँग स्पष्टीकरण समेत सोधेको स्रोतले बताएकाे छ ।

यही स्पष्टीकरणबाट असन्तुष्ट बनेर क्यानलाई ‘घुर्क्याउन’ र फ्यानहरूलाई तरंगित बनाउन स्टाटस लेखेको हुन सक्ने दाबी पनि स्रोतको छ ।

Untitled
Untitled
Untitled