२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस

Untitled
Untitled
Untitled

कास्की । पोखरामा दोस्रो संस्करणको नेपाल चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता २०८१ को तयारी थालिएको छ ।

यही पौष १३ देखि १५ सम्म पोखराको फेवातालमा महोत्सवका रूपमा सञ्चालन गर्न लागिएको उक्त प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र मित्रराष्ट्र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहनेछ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह आयोजनामा हुने प्रतियोगिताको विजेताले नगद ५ हजार डलर (नेपाली करिब ६ लाख ७९ हजार रुपैयाँ), उपविजेताले नगद २ हजार डलर (नेपाली करिब २ लाख ७१ हजार रुपैयाँ), तृतीय हुनेले नगद रु।१ हजार २ सय डलर (नेपाली करिब १ लाख ६३ हजार रुपैयाँ) र प्रतियोगितामा सहभागी बाँकी १७ वटा समूहलाई नगद रु।५ सय डलर (नेपाली करिब ६८ हजार रुपैयाँ) पुरस्कार पाउनेछन्।

मित्र राष्ट्र चीनमा अत्यन्त लोकप्रिय रहेको ऐतिहासिक ड्रागन बोर्ड रेस प्रतियोगिता गत वर्ष देखि पोखरामा औपचारिक प्रतियोगिताका रूपमा पोखराको फेवा र वेगनासतालमा सञ्चालन गरिँदै आइरहेको छ । दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय समूहहरूले सहभागिता जनाउने यस प्रतियोगिता पोखरामा पनि लोकप्रिय बन्दै गइरहेको छ । यस वर्ष प्रतियोगिताको दोस्रो संस्करण यही पौष १३ देखि १५ सम्म पोखराको फेवातालमा महोत्सवका रूपमा सञ्चालन हुन गइरहेको छ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल स्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह आयोजनामा हुन लागेको यस प्रतियोगितामा नेपालका ११, मित्रराष्ट्र चीनका ८ र मित्रराष्ट्र सिङ्गापुरको १ गरी कुल २० समूहको सहभागिता रहनेछ।

प्रतियोगिताले नेपाल चिन दुईपक्षिय सम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा वाटर स्पोर्टसका नयाँ सम्भावनाहरूको खोजीमा सहयोग गर्ने, पोखराका तालहरूलाई आकर्षणको केन्द्रका रूपमा विकास गर्ने, पोखरा र आसपासको पर्यटन विकासमा टेवा पुराउन महत्त्वपूर्ण सहयोग पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विश्वास व्यक्त गर्नुभयो ।

चिनियाँ राजदूतावासका डिसिएम वाङ् सिले आफूहरू पोखराको अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार र पोखराको पर्यटन प्रवर्द्धनका लागि विभिन्न खाले कार्यक्रमहरूमा सहकार्य गर्न तत्पर रहेको बताउनुभयो । नेपाल चिन सम्बन्धको लामो इतिहास रहेको उल्लेख गर्दै वाङले पर्यटन, संस्कृति र भौतिक विकासका सन्दर्भमा सहकार्य गर्दै जाने आफूहरूको चाहाना रहेको उल्लेख गर्नुभयो ।

Untitled
Untitled
Untitled