२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

दिपेन्द्रको विस्फोटक ब्याटिङमा सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

Untitled
Untitled
Untitled

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो। जारी प्रतियोगितामा यो सबैभन्दा ठूलो योगफल हो ।

सुदूरपश्चिमका कप्तान दिपेन्द्रसिंह ऐरीले शानदार अर्धशतक प्रहार गरे। उनले २४ बलमा नटआउट ५७ रन बनाए। यस्तै, ब्राण्डन म्याकमुलनले २६ बलमा ३६ रन बनाए। विनोद भण्डारीले २३ र इसान पाण्डेले २१ रन जोडे।

विराटनगरका लागि अनिल खरेलले ३ विकेट लिए। क्रिस सोले, इस्लाम आलम र बसिर अहमदले समान एक/एक विकेट हात पारे।

Untitled
Untitled
Untitled