२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

साफ महिला च्याम्पियनसिप आजदेखि काठमाडाैंमा, उद्घाटन खेलमा भारत र पाकिस्तान भिड्दै

Untitled
Untitled
Untitled

काठमाडौं । सातौँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिप आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदै छ।

प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश सहभागी हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ। प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुने छ।

एन्फाका अनुसार प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। साविक विजेता बङ्गलादेशसहित भारत र पाकिस्तान समूह ‘ए’ मा छन् भने समूह ‘बी’ मा नेपालसँगै भुटान, श्रीलङ्का र माल्दिभ्स परेका छन्।

प्रतियोगिताको उद्घाटन खेल आजै भारत र पाकिस्तानबीच हुने छ। भोलि शुक्रबार नेपाल भुटानसँग भिड्ने छ।

Untitled
Untitled
Untitled