एजेन्सी, इन्डियन प्रिमियर लिग आइपीएलमा गुजरात टाइटन्सलाई हराउँदै दिल्ली क्यापिटल्स विजयी भएको छ ।
सर्वाधिक कम स्कोरमा दिल्लीले ६ विकेटको जीत दर्ता गरेको हो । बुधबार राति भएको खेलमा गुजरात जम्मा ८९ रनमा समेटिएको थियो ।
आइपीएल इतिहासमा यो सर्वाधिक कम पाँचौँ स्कोर हो ।
टस हारेर पहिला ब्याटिङ गरेको गुजरातका लागि रासिद खानले सर्वाधिक ३१ रनको पारि खेल्दा साई सदर्शनको १२ रन दोस्रो ठूलो र राहुल तेवटियाको १० रन तेस्रो स्थानमा रह्यो ।
रासिदले २४ बलमा एक छक्का र दुई चौकाको मद्दतले ३१ रन बनाएका हुन् ।
अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा गुजरात १७।३ ओभरमा ८९ रनमा समेटिन पुग्यो ।
गुजरातको पारिलाई ध्वस्त पार्नका लागि मुकेश कुमारले सर्वाधिक तीन विकेट लिँदा इशान्त शर्मा र तृष्टन स्टुब्सले दुई दुई विकेट लिए ।
९० रनको सामान्य लक्ष्यका साथ मैदान उत्रिएको दिल्लीले सुरुआत भने खास गरेन ।
दिल्लीका लागि ओपनर जेके फ्रासन म्यागर्क २० रन बनाएर आउट हुँदा अर्का ओपनर पृथ्वी सा ७ रनको पारिका साथ विदा भए ।
त्यसपछि अभिषेक पोरेलले १५ रन जोड्दा साइ होप १९ रनमा आउट भएका थिए ।
अन्त्यमा कप्तान ऋषभ पन्त र सुमित कुमारले दिल्लीलाई ८.५ ओभरमै जित दिलाए ।
कप्तान पन्तले ११ बलमा १६ तथा तथा कुमारले ९ बलमा ९ रनको नटआउट पारि खेले ।
गुजरातका सन्दीप वारियरले २ विकेट लिँदा स्पेनसर जोनसन र रासिद खानले एक एक विकेट लिए ।
जारी सिजनमा तेस्रो जीत निकालेको दिल्ली तालिकाको छैटौँ स्थानमा उक्लिदा गुजरात भने चौथो हारका साथ सातौं स्थनमा खस्किएको छ ।
आइपिएलअन्तर्गत बिहीबारको खेलमा पञ्जाब र मुम्बई भिड्नेछन् ।


































