२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

बहराइनसँग नेपाल पराजित, एसियन कपमा छनोट हुने सम्भावना अझै बाँकी

Untitled
Untitled
Untitled

काठमाडौं, फिफा विश्वकप छनोट (FIFA World Cup Qualifiers) अन्तर्गत भएको खेलमा नेपाल बहराइनसँग पराजित भएको छ ।

गएराति सम्पन्न खेलमा बहराइनले नेपाललाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

बहराइनकोजितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एक एक गोल गरेका थिए ।

नेपालले तिनवटै गोल सुरुमै खाएको थियो । दोस्रो हाफ भने गोलरहित सकिएको थियो ।

जीतसँगै बहराइन समुह एचको दोस्रो स्थानमा पुगेको छ । बहराइनले ४ खेलबाट ९ अंक जोडेको छ ।

नेपाल भने अंकविहीन हुदै समूहको पुछारमा छ । यो हारपछि विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना सकिएको छ ।

तर एसियन कपमा छनोट हुने नेपालको सम्भावना भने अझै बाँकी नै छ । समूहको तेस्रो र चौथो हुने टिमले एसियन कप छनोटको तेस्रो चरणमा खेल्न पाउनेछन् ।

हिजै भएको अर्को खेलमा युएईले यमनलाई पराजित गर्दै शतप्रतिशत जीत निकालेको छ । ४ खेलबाट युएई १२ अंकसहित समूह एचको शीर्ष स्थानमा छ ।

Untitled
Untitled
Untitled