२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

साफ यू -१६ महिला च्याम्पियनसिप फुटबलमा भुटानविरुद्ध नेपालको जीत

Untitled
Untitled
Untitled

काठमाडौं, साफ यू -१६ महिला च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो जित दर्ता गरेको छ ।

जारी प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ३-० गोलले पराजित गरेको हो ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग २-० ले पराजित भएको थियो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा तीनै गोल नेपालले पहिलो हाफमा गरेको थियो ।

नेपालका लागि १४औं मिनेटमा बक्तिका कार्की, १८औं मिनेटमा भूमिका बुढाथोकी र ३१औं मिनेटमा ग्याल्सु डोल्मा लोले गोल गरेका हुन् ।

दोस्रो हाफमा भुटानले केही सुधारिएको खेल पस्किए पनि गोल भने फर्काउन सकेन । नेपालले समेत केही अवसर गुमाएको थियो ।

लिगको आफ्नो अन्तिम खेलमा नेपालले बिहीबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

चार टोली सहभागी च्याम्पियनसिपमा राउण्ड रोविनपछि शीर्ष २ टोलीले उपाधिका लागि खेल्नेछन्। फाइनल खेल २७ गते हुनेछ।

Untitled
Untitled
Untitled