२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

क्रिकेटर सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाने

Untitled
Untitled
Untitled

काठमाडौं, नेपाल क्रिकेट संघ क्यानले लेग स्पिनर सन्दीप लामिछानेलाई दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।

आज सोमबार बेलुकासम्म सन्दीपलाई दक्षिण अफ्रिका पठाउनेगरी तयारी भइरहेको क्यानका कार्यवाहक सचिव दुर्गा राज पाठकले नेपालभ्युजलाई जानकारी गराएका हुन्।

कार्यवाहक सचिव पाठकले भने,‘अदालतले असार २९ मा सन्दीपको पेसी तोकेसँगै, उसलाई पठाउने कार्य तीव्ररूपमा अघि बढाएका छौँ। सन्दीपलाई सोमबार बेलुका पठाउने गरी हवाई टिकटको व्यवस्था गर्दै छौँ।’

आगामी १८ जुनदेखि ९ जुलाईसम्म हुने विश्वकपको ग्लोबल क्वालिफायर खेल्दैछ । त्यसैको तयारीको लागि नेपाली टोली पूर्वदक्षिण अफ्रिका भ्रमणमा रहेको छ ।

यसअघि, नेपाली टोलीसँग नै पठाउँदा पूर्ण १ हप्तापश्चात नेपाल फर्कानु पर्ने स्थिति देखिएसँगै सन्दीपलाई दक्षिण अफ्रिका पठाइएको थिएन।

फौजदारी अभियोग भएको हुँदा सन्दीपले प्रत्येक पेशीमा आफैँ अदालत उपस्थित हुनुपर्छ । उपस्थित हुन नसके २१ दिनभित्रमा उनले तारेख बुझ्नपर्छ ।

 

Untitled
Untitled
Untitled