२०८३ असार ८ सोमवार | Monday, Jun 22 2026

आईडब्लुएलमा सावित्राको चौथो ह्याट्रिक, ६ खेलमै गरिन् १९ गोल

Untitled
Untitled
Untitled

काठमाडौ, नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ ले इन्डियन वुमन्स लिग (आईडब्लुएल) मा चौथो ह्याट्रिक गरेका छन् ।

गोकुलम केरेलाबाट लिग खेलिरहेकी उनले चौथो ह्याट्रिक माता रुक्मिनीविरुद्ध पूरा गरिन् ।

सावित्राकै उत्कृष्ट प्रदर्शनमा गोकुलमले रुक्मिनीलाई ९–० गोल अन्तरले हरायो । मंगलबार अहमेदावादस्थित शाइवग पुलिस स्टेडियममा भएको खेलमा उनले दुवै हाफमा २र२ गोल गरिन् ।

योसँगै जारी लिगमा सावित्राको गोल संख्या १९ पुगेको छ । उनले पहिलो खेलमा ५, दोस्रोमा ४, तेस्रो खेलमा २ र पाँचौं खेलमा ४ गोल गरेकी थिइन् ।

चौथो खेलमा भने सावित्राआवद्ध टोली गोलरहित बराबरीमा रोकियो ।

जारी सिजनमा सावित्रा सर्वाधिक गोल गर्ने सूचीको शीर्ष स्थानमा छिन् । उनले छैटौँ खेलमा पहिलो गोल सात मिनेटमै गरिन् ।

दोस्रो गोल १२ औँ मिनेटमा गरेकी सावित्राले ६८ औँ मिनेटमा ह्याट्रिक पूरा गरेकी थिइन् ।

उनले व्यक्तिगत चौथो गोल ६९ औँ मिनेटमा गरिन् । ६ खेलमा १६ अंक जोडेको गोकुलम समूह ‘ए’ को शीर्ष स्थानमा छ ।

योसँगै गोकुलम एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

Untitled
Untitled
Untitled