२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

ब्रुकको शतक, कोलकाता घरेलु मैदानमा पराजित

Untitled
Untitled
Untitled

एजेन्सी, १३.२५ करोड भारतीय रुपैयाँमा खरिद गरिएका ब्याट्सम्यान ह्यारी ब्रुकले इन्डियन प्रिमियर लिगमा सिजनको पहिलो शतक बनाउँदा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको छ ।

टोलीको यो सिजनको दोस्रो जित हो । जीतसँगै टोली अङ्क तालिकाको सातौँ स्थानमा छ । कोलकाताको इडेन गार्डेन रंगशालामा आयोजक कप्तानले टस जितेर पहिले बलिङ रोजेका थिए ।

टस हारेर ब्याटिङ गरेको सनराइजर्स हैदरावादले २० ओभरमा चार विकेट गुमाएर २२८ रन बनाएको थियो । जवाफमा कोलकाताले २० ओभरमा सात विकेट गुमाएर २०५ रन मात्रै बनाउन सक्यो ।

ह्यारी ब्रुकले आईपीएलमा आफ्नो पहिलो शतक बनाएका छन् । उनले ५५ बलमा शतक पूरा गरेका थिए ।

यसअघि ब्रुकले ३२ बलमा आफ्नो पहिलो अर्धशतक पूरा गरे र यसलाई शतकमा परिणत गरे। ब्रुकले एडेन मार्करामसँग ४७ बलमा ७२ रनको साझेदारी गरे । मार्कराम आफ्नो करियरको चौथो अर्धशतक बनाएर आउट भए ।

हैदरावादका ह्यारी ब्रुकका अलावा कप्तान एडेन मार्करामले २६ बलमा ५० र अभिषेक शर्माले १७ बलमा ३२ रन बनाए । कोलकाताका लागि आन्द्रे रसेलले तीन विकेट लिए ।

जवाफी इनिङ्समा कोलकाताका ओपनर एन जगदीशनले ३६ रन जोडे भने कप्तान नितिश राणाले ४१ बलमा ७५ र रिंकु सिंहले ३१ बलमा ५८ रन बनाए ।

हैदरबादका लागि मार्को जानसेन र मयंक मार्कण्डेले २–२ विकेट लिए । भुवनेश्वर कुमार, टी नटराजन र उमरान मलिकले एक–एक विकेट लिए ।

Untitled
Untitled
Untitled