एजेन्सी, पाकिस्तानविरुद्धको टी–२० सिरिज अफगानिस्तानले एक खेल अगावै जितेको छ । गएराति सम्पन्न खेलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै अफगानिस्तानले एक म्याच अगावै सिरिज जितेको हो ।
अफगानिस्तानले पाकिस्तानविरुद्ध पहिलोपटक सिरिज आफ्नो नाममा गर्न सफल भयो । यसअघि उसले पाकिस्तानविरुद्धको कुनै पनि प्रारूपको सिरिज जित्न सकेको थिएन ।
लगातार दोस्रो जित निकाल्नेक्रममा पाकिस्तानले दिएको १ सय ३१ रनको विजयी लक्ष्य अफगानिस्तानले १९।५ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।
उसका लागि रहमानउल्लाह गुर्बाजले ४४ र इब्राहिम जाद्रानले ३८ रन बनाए । नजिबुल्लाह जाद्रान २३ र मोहम्मद नाबी १४ रनमा अविजित रहे ।
पाकिस्तानका लागि जमान खान र इनसाहउल्लाहले एकरएक विकेट लिए । त्यसअघि शाहजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनायो ।
उसका लागि इमाद वसिमले ५७ बलमा ३ चौका र २ छक्कासहित अविजित ६४ रन बनाए । कप्तान शादब खानले ३२, मोहम्मद हरिसले १५ र तय्यब ताहिरले १३ रन जोडे ।
अफगानिस्तानका लागि फजलहक फारुकीले दुई, नवीन उल हक, राशिद खान र करिम जन्नतले एकरएक विकेट लिए । योसँगै सिरिजमा अफगानिस्तानले २–० को अग्रता लिएको छ ।
पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको थियो । पाकिस्तान र अफगानिस्तानबीचको तेस्रो तथा अन्तिम खेल सोमबार हुँदैछ ।