२०८१ असार ३१ सोमवार | Monday, Jul 15 2024

नेपालले जोगायो एकदिवसीय मान्यता, युएई १७७ रनले पराजित, कप्तान रोहितको अर्धशतक, ललितले लिए ५ विकेट

Nabil Bank

काठमाडौं, लिग २ अन्तर्गतको खेलमा यूएईविरुद्ध शानदार जीत हासिल गर्दै नेपालले एक दिवसीय राष्ट्रको मान्यता जोगाएको छ ।

साथै एक दिवसीय विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने सम्भावना पनि नेपालले जीवित राखेको छ ।

आज त्रिवि मैदानमा भएको खेलमा नेपाली बलरसामु यूएईका ब्याट्सम्यानहरु निरिह सावित भए ।