२०८१ जेठ १० बिहीवार | Thursday, May 23 2024

ठप्प भए गुण एअरलाइन्सका उडान, आइतबारबाट सञ्चालनमा आउन सक्ने

काठमाडौं, गुण एअरलाइन्सका उडान ठप्प भएका छन् । स्पेयर पार्ट्सको अभाव र पाइलट तालिममा गएपछि गुणको सेवा तीन दिनदेखि बन्द भएको छ।

जहाज मर्मत संभार र पाइलट तालिममा पठाइएका कारण वायुसेवा कम्पनीको सेवा दुई दिनदेखि बन्द भएको कम्पनीले जनाएको छ ।

आइतबारदेखि पुन सेवा थाल्नेगरी तयारी भएको गुण एअरलाइन्सको भनाई छ । कम्पनीले पाँचवटा जहाजमार्फत सेवा दिँदै आएको छ ।