२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

भुटानविरुद्ध नेपालको जीत, अमिसाले गरिन ह्याट्रिक

Untitled
Untitled
Untitled

काठमाडौ, अमिसा कार्कीको ह्याट्रिक मद्धतमा नेपालले साफ यू–१५ महिला च्याम्पियनसिपमा पहिलो जीत निकालेको छ।

बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तफा स्टेडियममा आइतबार भएको खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले पाखा लगाएको हो।

नेपालको जितमा अमिसाले ह्याट्रिक गर्दा कप्तान प्रीती राईले १ गोल गरिन्। खेलको १९ औँ मिनेटमा अमिसा कार्कीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्।

अमिसाले नै पहिलो हाफको अन्तिम समयमा व्यक्तीगत दोस्रो गोल गर्दै टोलीको अग्रता कायम गरिन्।

पहिलो हाफमा २–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा २ गोल थप्यो।

खेलको ६१ औँ मिनेटमा कप्तान प्रिती राईले गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाईन्। त्यसको १ मिनेटमा नै अमिसाले टोलीका लागि चौथो गोल गर्दा ह्याट्रिक पूरा गरिन्।

नेपाल पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो। लगातार दोस्रो हार व्यहारेको भुटानले पहिलो खेलमा भारतसँग १२–० को फराकिलो हार व्यहारेको थियो।

राउण्ड रोविनको अन्तिम खेलमा नेपालले मंगलबार भारतसँग खेल्नेछ। चार टोली सहभागी च्याम्पियनसिपको शीर्ष २ मा रहने टोलीले उपाधिका लागि खेल्नेछन्।

Untitled
Untitled
Untitled