२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

आईपीएलमा गुजरातमाथि राजस्थानको रोमाञ्चक जीत

Untitled
Untitled
Untitled

एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ६ रनले पराजित गरेको छ।

शनिबार अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको रोमाञ्चक खेलमा राजस्थान विजयी भयो।

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० रन बनाएको थियो।

टोलीका लागि यशस्वी जैसवालले ५५ रन र ध्रुव जुरेल ७५ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले।

जवाफमा गुजरात टाइटन्स २० ओभरमा ८ विकेट गुमाएर २०४ रनमै सीमित भयो।

उसका लागि साई सुदर्शनले ७३ रनको राम्रो योगदान दिएपनि टोलिको हार टार्न सकेनन्।

गुजरातको दमदार शुरुवात

२११ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले उत्कृष्ट शुरुवात गरेको थियो। कुमार कुशाग्र र साई सुदर्शनले पहिलो विकेटका लागि ७.६ ओभरमा ७८ रनको साझेदारी गरे।

कुशाग्र १८ रनमा आउट भएपनि सुदर्शनले आक्रामक ब्याटिङ जारी राखे। उनले ४४ बलमा ७३ रन बनाए, जसमा ९ चौका र ३ छक्का समावेश थिए।

जोस बटलरले १४ बलमा २६ रन बनाए तर ठूलो पारी खेल्न सकेनन्। ग्लेन फिलिप्स ३ रनमै आउट भए भने वासिङ्टन सुन्दरले ४ रन मात्रै जोडे।

राहुल तेवतियाले १२ रन र शाहरुख खानले ११ रन बनाए।

अन्तिम ओभरहरूमा राशिद खान र कगिसो रबाडाले ३० बलमा ४३ रनको तीव्र साझेदारी गर्दै खेललाई रोमाञ्चक बनाए।

राशिदले १६ बलमा २४ रन बनाए भने रबाडा १६ बलमा २३ रन बनाएर अविजित रहे।

तर, अन्तिम दुई ओभरमा जोफ्रा आर्चर र तुषार देशपाण्डेको उत्कृष्ट बलिङले खेल राजस्थानतर्फ मोडियो।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले दमदार शुरुवात गरेको थियो। यशस्वी जैसवाल र वैभव सूर्यवंशीले पहिलो विकेटका लागि ६।२ ओभरमा ७० रन जोडे।

वैभवले १८ बलमा ३१ रन बनाए भने जैसवालले ३६ बलमा ५५ रनको उत्कृष्ट पारी खेले।

तेस्रो नम्बरमा आएका ध्रुव जुरेलले ४२ बलमा ७५ रनको शानदार पारी खेले। उनले ५ चौका र ५ छक्का प्रहार गरे।

शिमरन हेटमायरले ८ बलमा १८ रन जोडे भने कप्तान रियान पराग ८ रनमै आउट भए। रविन्द्र जडेजा ७ रनमा अविजित रहे।

जुरेल र जायसवालको उत्कृष्ट प्रदर्शनका कारण राजस्थानले २१० रनको बलियो स्कोर बनाउन सफल भयो। गुजरातका लागि कगिसो रबाडाले सर्वाधिक २ विकेट लिए।

आजका खेलः
सनराइजर्स हैदराबाद भर्सेस लखनऊ सुपर जायन्ट्स, दिउँसो ३ः४५ बजे
रोयल च्यालेन्जर्स बेंगलुरु भर्सेस चेन्नई सुपर किंग्स, साँझ ७ः४५ बजे

Untitled
Untitled
Untitled