२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

टी–२० विश्वकप: सुपर–८ पुग्ने सबै टोलीको लाग्यो टुंगो

Untitled
Untitled
Untitled

एजेन्सी, आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।

बुधबारको भएको समूह ‘ए’ को खेलमा नामिबियालाई हराउँदै पाकिस्तान अन्तिम टोलीको रूपमा सुपर ८ मा पुगेको हो ।

समूह ‘ए’ बाट पाकिस्तानसँगै भारत सुपर–८ मा पुग्दा समूह ‘बी’ बाट श्रीलंका र जिम्बाब्बे पुगे ।

समूह ‘सी’ बाट इंग्ल्याण्ड र वेष्ट इन्डिज र समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्यूजिल्याण्डले सुपर–८ मा स्थान पक्का गरेका हुन् ।

सुपर–८ को समूह–१ मा भारत, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र जिम्बाबे छन् भने समूह २ मा इंग्ल्यान्ड, न्यूजिल्याण्ड, पाकिस्तान र श्रीलंका छन् ।

बुधबार कोलोम्बोमा भएको खेलमा पाकिस्तानले नामिबियालाई १०२ रनले हरायो ।

पाकिस्तानले दिएको २०० रनको लक्ष्य पछ्याएको नामिबिया १७ ओभर ३ बलमा ९७ रनमा समेटियो ।

नामिबियाका लागि लोरेन स्टिनक्याम्पले सर्वाधिक २३ रन बनाए । बलिङमा पाकिस्तानका उस्मान तारिकले सर्वाधिक ४ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले शाहिबजादा फरहानको शतकमा १९९ रनको स्कोर खडा गरेको थियो ।

फरहानले ५८ बलमा शतक पूरा गर्दै अविजित रहे । यो टी(२० विश्वकपको तेस्रो शतक हो । बलिङमा नामिबियाका ज्याक ब्रासेलले सर्वाधिक २ विकेट लिए ।

बलिया मानिएका अस्ट्रेलिया, अफगानिस्तान, आयरल्यान्डसहितका राष्ट्रहरु समूह चरणबाटै घर फर्किए । नेपाल पनि एक जित र तीन हारका साथ विश्वकपबाट बाहिरिएको थियो ।

Untitled
Untitled
Untitled