२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

महिला टी-२० विश्वकप ग्लोबल छनोटमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

Untitled
Untitled
Untitled

काठमाण्डू, काठमाडौंमा भइरहेको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ ।

समूह ‘बी’ अन्तर्गतको उक्त खेल विहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ ।

नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो भने नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको छ ।

महिला टी(२०आई वरियतामा नेदरल्यान्ड्स १४औं स्थानमा छ । नेपाली टोली २१औं स्थानमा छ ।

नेपालले नेदरल्यान्ड्ससँग हालसम्म ३ खेल खेल्दा ३ वटै खेलमा पराजित भएको छ ।

समूह चरणबाट अगाडि बढ्न नेपालले बाँकी ३ वटा खेलमध्ये कम्तीमा पनि २ वटा खेल जित्नुपर्ने अवस्था छ ।

नेदरल्यान्ड्स भने अब एक जितले मात्र पनि अघिल्लो चरणमा पुग्नेछ ।

नेपालको टोली: इन्दू बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दू रावल, रुबीना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, रचना चौधरी, राजमती ऐरी

Untitled
Untitled
Untitled