२०८३ जेठ ३० शनिवार | Saturday, Jun 13 2026

प्रधानमन्त्री ओलीले आज मधेश प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने

Untitled
Untitled
Untitled

जनकपुर, प्रधानमन्त्री केपी ओलीले आज मधेश प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन् ।

मंगलबार बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने सभामुख रामचन्द्र मण्डलको सचिवालयले जनाएको छ ।

मधेश प्रदेशसभा बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री मंगलबार बिहान साढे १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् जनकपुर जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जनकपुरमा पुगेको बेला प्रधानमन्त्री ओलीले मधेसका मुख्यमन्त्री, प्रदेश सभामुख, एमाले संसदीय दलका नेताहरूसँग सङ्क्षिप्त भेटघाट गर्ने कार्यक्रमसमेत छ ।

प्रदेशसभा बैठकमा सम्बोधन र जनकपुरका महत्वपूर्ण भेटघाटपछि प्रधानमन्त्री सिरहा जाने छन् ।

त्यहाँ उनले शहीद हेमनारायण यादवको सालिकमा माल्यार्पण गरेपछि सूर्यनारायण सत्यनारायण मौरवेत्ता यादव क्याम्पसको चौरमा हुने एमालेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रमसमेत छ ।

आजै दिउँसो साढे ३ बजेपछि ओली काठमाडौं फिर्ता हुनेछन् ।

Untitled
Untitled
Untitled