२०८१ असोज २६ शनिवार | Saturday, Oct 12 2024

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्लाई दिए पूर्णता, कांग्रेसका २ र नागरिक उन्मुक्ति पार्टीका १ जनालाई राज्यमन्त्री नियुक्त

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका २ र नागरिक उन्मुक्ति पार्टीका १ जनालाई राज्यमन्त्री नियुक्त गरेका छन्।

यो सँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।

कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ (कान्छाराम) र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

चौधरीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ।

Untitled
Untitled
Untitled