२०८१ चैत ६ बुधवार | Wednesday, Mar 19 2025

काठमाडौंको पोडेटोलमा दुई परिवारबीच सामूहिक झडप, एकको मृत्यु, अन्य ६ जना घाइते

Untitled
Untitled
Untitled

काठमाण्डू, काठमाण्डूको पोडेटोलमा दुई परिवारबीच सामूहिक झडपहुँदा एक युवाको मृत्यु भएको छ । धारिलो हतियारसहित भएको झडपमा अन्य ६ जना घाइते भएका छन् ।

झडपका क्रममा ३३ वर्षिय अनित पुजारीको मृत्यु भएकोे जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

काठमाडौं महानगरपालिका–१७ मा रहेको पोडेटोलमा बुधबार राति झडप भएको हो ।

घटनामा सुबिन्द्र पोडे, किरण पुजारी, दिनेश पुजारी, माया पुजारी, विक्रम पुजारी र अमृत पुजारी घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा मृत्यु भइरहेको छ ।

छिमेकीसँगको विवादले उग्र रुप लिएको स्थानीयले बताएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

Untitled
Untitled
Untitled