काठमाण्डू, कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ ।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित नकर्मीको बिहिबार राति पौने ९ बजे वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
अन्तिम श्रद्धाञ्जलीकालागि स्वर्गिय नकर्मीको शवलाई बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा राखिने भएको छ ।
नकर्मीको निधनमा आज नगरपालिकामा शोक बिदा दिइएको नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन ।
नकर्मी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए । नकर्मीका एक छोरा, एक छोरी र श्रीमती छन् ।
उनको आजै अन्त्येष्टि गरिने परिवारले जनाएको छ । प्रमुखको निधनसँगै नगरपालिकामा चार जना जनप्रतिनिधि रिक्त भएका छन् ।
यस अघि वडा नम्बर १ र ४ का वडाध्यक्ष र कार्यपालिका सदस्य श्याम दानकोटीको पनि निधन भइसकेको छ ।