२०८३ जेठ २७ बुधवार | Wednesday, Jun 10 2026

प्रदेशका मन्त्री छनोटमा देउवाले एकलौटी गरेको कांग्रेस सस्थापन इतर पक्षको गुनासो

Untitled
Untitled
Untitled

काठमाण्डू, केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै प्रदेशमा पनि नयाँ समीकरणअनुसार सरकार निर्माण हुनेक्रम चलिरहेको छ ।

तर, प्रदेशमा नयाँ सरकार गठनका विषयलाई लिएर नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ ।

सभापति शेरबहादुर देउवाले प्रदेश सरकार गठन र मन्त्रीहरूको नाम सिफारिस गर्नेक्रममा एकलौटी गरेको भन्दै वरिष्ठ नेता डा. शेखर कोइराला समूहले असन्तुष्टि व्यक्त गरेको छ ।

सरकार गठन र पठाउने मन्त्रीका सवालमा देउवाले अहिलेसम्म डा.कोइरालासँग कुनै प्रकारको सल्लाह र समन्वय नगरेको इतर समूहका नेताहरूको दावी छ ।

प्रदेश सरकार गठन र आफ्नो समूहको सहभागिताबारे मंगलबार आफ्नो सम्पर्क कार्यालयमा बृहत् अन्तरक्रिया गर्दै अन्य प्रदेशको सरकार गठनमा आफ्नो समूहलाई सल्लाह र समन्वय नगरे देउवाको एकल निर्णय अस्वीकार गर्ने चेतावनी दिएको छ ।

डा. कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसँग छलफल गरेका थिए ।

छलफलमा कोशीमा दुई, बागमतीमा तीन, गण्डकी र लुम्बिनीमा दुई/दुई, कर्णाली र सुदूरपश्चिममा एकरएकजना मन्त्री आफ्नो समूहलाई दिनुपर्ने निष्कर्ष निकालिएको थियो ।

बैठक सकिएलगत्तै डा. कोइरालाले सभापति देउवालाई फोन गरेर आफ्नो समूहको धारणा सुनाएको डा. कोइरालाको निजी सचिवालयले जानकारी दिएको छ ।

सचिवालय स्रोतले भन्यो, डा. कोइराला–देउवा संवादपछि अहिलेसम्म सभापतिबाट कुनै जवाफ आएको छैन् ।

र, विभिन्न प्रदेशमा भइरहेको सरकार गठनबारे सञ्चारमाध्यममा आएका समाचारबाहेक कोइराला पूर्णरूपमा बेखबर हुनुहुन्छ ।’

यता, कांग्रेसका महामन्त्रीद्वयले सभापति देउवालाई लिखित ध्यानाकर्षण बुझाउने भएका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई भेटेर लिखित रूपमा विभिन्न विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका हुन् ।

महामन्त्रीद्वयले मन्त्रिपरिषद् विस्तार गर्दा समावेशितालाई ख्याल नगरेको‚ विवादित र स्वार्थ बाझिने सांसदलाई मन्त्री बनाएको विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका हुन् ।

डा. कोइराला समूहलाई वाइपास गर्दै देउवाले बुधबार बागमती र लुम्बिनीमा नयाँ समीकरण अनुसार गठन भएको सरकारमा एकलौटी रुपमा मन्त्रीहरूको नाम सिफारिस गरेका छन् ।

वागमती प्रदेशमा कांग्रेस नेता बहादुरसिंह लामाको नेतृत्वमा नयाँ मन्त्रिमण्डल बनेको छ । यस्तै, लुम्बिनीमा एमालेका चेतनारायण आचार्यको नेतृत्वमा सरकार गठन भएको छ ।

Untitled
Untitled
Untitled