२०८३ जेठ २७ बुधवार | Wednesday, Jun 10 2026

वागमतीमा कांग्रेसका तीन मन्त्रीले लिए शपथ, मन्त्रालय पछि तोकिने

Untitled
Untitled
Untitled

हेटौंडा, वागमती प्रदेशमा कांग्रेसको तर्फबाट सरकारमा सहभागी तीनजना मन्त्रीले शपथग्रहण गरेका छन् ।

कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधुकुमार श्रेष्ठ बिना विभागीय मन्त्रीको रूपमा शपथग्रहण गरेका छन् ।

उनीहरूको विभाग कांग्रेसका अन्य मन्त्रीहरूको छनोटपछि तोकिने बताइएको छ ।

आजै मुख्यमन्त्री बहादुर सिंह लामासहित एमालेका ६ जना मन्त्रीहरूले पनि शपथ लिएका थिए ।

Untitled
Untitled
Untitled