२०८१ मंसिर २७ बिहीवार | Thursday, Dec 12 2024

तीन महिनाभित्र बक्यौता बुझाउने सर्तमा ६ उद्योगको लाइन जोड्दै प्राधिकरण

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका ६ उद्योगहरूलाई ३ महिनाभित्र बक्यौता बुझाउन सर्त राख्दै पुनः लाइन जोड्न तयार भएको छ ।

मंगलबार बसेको विद्युत् प्राधिकरणको बोर्ड बैठकले उक्त सर्त राख्दै उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो ।

प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा २५ असारदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ उद्योगको लाइन काटेको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार दिउँसो उद्योगमा लाइन जोड्न माइन्युट तयार भएको छ ।

मन्त्रालयमा उर्जामन्त्री दीपक खड्का, राजश्व सचिव डा। रामप्रसाद घिमिरे, उर्जासचिव सरित दवाडी लगायतको सहभागिता थियो ।

Untitled
Untitled
Untitled