२०८२ साउन ३ शनिवार | Saturday, Jul 19 2025

मुलुकभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै, ३८ पालिकाले भने असार १० अघि नै गरे सार्वजनिक

Untitled
Untitled
Untitled

काठमाण्डू, आगामी आर्थिक वर्षका लागि आज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन् ।

संवैधानिक प्रावधान अनुसार असार १० गते भित्र बजेट ल्याउनु पर्ने भएकाले स्थानीय निकायले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।

आर्थिक वर्ष २०८१/८२ का लागि आज ७ सय १५ स्थानीय तहले आय व्ययको विवरण सार्वजनिक गर्न लागेका हुन् ।

सात सय ५३ मध्ये ३८ स्थानीय तहले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तहको बजेटको अद्यावधिक अनुसार कोशी प्रदेशका दुई, मधेश प्रदेश ६, बागमतीका ६, गण्डकी प्रदेशका १४ लुम्बिनीका ३, कर्णालीका १ र सुदूरपश्चिम प्रदेशका तीन स्थानीय तहले बजेट पेस गरिसकेका छन् ।

असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

गतवर्ष धेरै स्थानीय तहले निर्धारित समयभन्दा निकै पछिसम्म पनि बजेट सार्वजनिक गर्न नसक्दा शिक्षक तथा कर्मचारीलाई तलब दिन नसक्नेदेखि बजेट खर्च गर्नमा समस्या भएको थियो ।

 

Untitled
Untitled
Untitled