काठमाण्डू, लामो समयदेखि पानी नपर्दा गर्मी बढेको काठमाडौं उपत्यकामा मंगलबार हावाहुरीसहित वर्षा भएको छ । वर्षाले किसान र सर्वसाधारणलाई राहत मिलेको छ ।
उपत्यकाभित्रका खोला एवं नदीमा पानी सतह पनि बढेको छ । जल तथा मौसम विज्ञान विभागले वर्षासँगै आउने हावाहुरी, चट्याङबाट सचेत रहन आग्रह गरे छ ।










































