काठमाण्डू, बागमती प्रदेशको सरकार युवा तथा खेल्कुद मन्त्रालय, प्रदेश युवा परिषद् बागमती, जिल्ला युवा समिति काठमाडौंको आयोजनामा १ सय ६० घन्टाको कुक र वेटरको तालिम शुरु भएको छ ।
बाग्मती प्रदेश सरकारको युवा तथा खेल्कुद मन्त्री माननीय रमा आले मगरले उद्घाटन गरेको तालिम काठमाडौं महानगरको २६ नं.वडा को गोङगबुमा मंगलबारबाट शुरु भएको हो ।
मन्त्री आले मगरले युवालाई सिर्जनशील र उद्धमशील बनाउन मन्त्रालय लागि परेको भन्दै तालिममा सिकेका सीपलाई ब्यवहारमा उर्तान पनि आग्रह गरिन् ।

कार्यक्रममा जिल्ला युवा समिति काठमाडौंका अध्यक्ष रुपा थापा मगरले वेरोजगार युवा जनशक्तिहरुलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु सिर्जना गर्न युवा लक्षित तालिम संचालन गरेको जानकारी दिइन् ।
ूसीप सिकौँ, स्वरोजगार बनौूँ भन्ने मूूल नारालाई आत्मसात गर्दै प्रदेश सरकारले यो बर्ष सीप बर्ष घोषण गरेको छ । सोहि कार्यक्रम अनुुसार समितिले २१ वटा विषयमा युवाहरुलाई नि शल्क तालीम प्रधान गर्दै गरेको हो ।


































